The news from New Generation with new vision.

पार्टी भित्रको विवादले काँग्रेसको प्रतिपक्षी भूमिका कमजोर : युवा नेता पौडेल

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेसभित्रको विवादका कारण पार्टीको प्रतिपक्षी भूमिका अत्यन्त कमजोर भएको बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस मोरङले कानेपोखरीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सभापति गुटको मात्र नेता बन्न खोज्नु दुर्भाग्यपूर्ण भएको धारणा राखे।

“कांग्रेस जस्तो ऐतिहासिक विरासत बोकेको पार्टीका सभापति देशको नै अभिभावक हुनुपर्नेमा सभापतिले नै एउटा गुटलाई मात्र बोक्नुु किमार्थ उचित होइन” पौडेलले भने।

महाधिवेशन आयोजना गर्ने विषयमा समेत बहुमतको आधारमा एकलौटी निर्णय हुँदा देशभरका कार्यकर्ता निराश भएको भन्दै पौडेलले सबै कार्यकर्ताको साझा नेता बन्न सभापतिलाई सुभाव दिए।

अहिले देखिएको विवाद समाधान गर्ने मुख्य दायित्व पार्टी सभापतिकै हो भन्दै पौडेलले सहमति बेगर बुहमतबाट मात्रै निर्णय गर्दै जाने हो भने पार्टी थप कमजोर हुने बताए।

बेग्लै प्रसंगमा पौडेलले सरकार नीतिगत रुपमै भष्टाचरीको संरक्षणमा जुटेको र कांग्रेस त्यसको साक्षी बसेको अवस्था देखिएको टिप्पणी गरे।

देश र जनताको पक्षमा अहिलेको सरकारले धेरै काम गर्न सक्ने अवस्था रहेपनि केही गर्न नसकेको पौडेलको भनाइ थियो।

पौडेलले पछिल्लो समय मुलुकमा भष्ट्राचार, कुशासन, अनियमितता, असुरक्षा, महंगी सबै बढ्दा पनि सरकार केवल मूकदर्शक प्रमाणित भएको धारणा राखे।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका झण्डै दुई सय जनालाई नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइराला र पौडेलले स्वागत गरेका थिए।

यो पनि पढ्नुहोस् :   स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षर कर्ता रेग्मीको निधन
सम्बन्धित पाेष्टहरु