The news from New Generation with new vision.

एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न निर्देशन !

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले हेटौँडाले निर्देशन दिएको छ।

३ नम्बर प्रदेश प्रहरी कार्याय हेटौँडाका प्रहरी उपरिक्षक अरुण पौडेलले एक विज्ञप्ती जारी गर्दै १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन दिएका हुन्।

प्रदेश प्रहरी कार्यालयले बुधबार दिएको निर्देशनमा भनिएको छ, ‘‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ ।’’

पुस ४ गते एसपी मल्लसहित २४ एसपीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको थियो। उनको स्थानमा एसपी गंगा पन्त सरुवा भएकी छन्।

यो पनि पढ्नुहोस् :   आस्था राउतलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइँदै
सम्बन्धित पाेष्टहरु