The news from New Generation with new vision.

सडक निर्माणमा लागेको स्काभेटरमा आगजनी

काठमाडौं । बालुवा र गिट्टी सङ्कलनका लागि नदी छेउमा राखिएको स्काभेटरमा आगजनी गरिएको छ ।

कैलालीको कुटिया नदी छेउमा राखिएको स्काभेटरमा गएराति आगजनी गरिएको हो । बालुवा र गिट्टी सङ्कलनका लागि नदी छेउमा राखिएको बा२क ९७४८ नं को स्काभेटरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

स्काभेटर धनगढी–अत्तरिया सडक खण्डमा हाल निर्माणाधीन छ लेन सडकको निर्माण कार्यमा लागिरहेको खुल्न आएको छ । आगजनीबाट स्काभेटरमा क्षति पुगेको छ ।

घटनास्थलमा पर्यावरणको प्रभावसम्बन्धी कुनै अध्ययन नगरी नदीजन्य पदार्थ सङ्कलन गरिएकोसम्बन्धी थारूवान् संयुक्त जनपरिषद् नेपाल कैलाली नामको पर्चा भेटिएको पनि प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् :   नेपालमा भेटिए कोरोना भाइरसको पाँचौ संक्रमित
सम्बन्धित पाेष्टहरु