The news from New Generation with new vision.

एक वर्षदेखि बस्न नसकेको नेकपाको स्थायी समिति बैठक आज बस्दै

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आइतबार बस्दै छ ।

पार्टी विधान अनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीका गतिविधिहरुले पुनः गति पाएको हो ।

यसअघि पार्टीका हरेक निर्णय सचिवालयले मात्र गर्दै आएको थियो । गत मङ्सिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक गर्ने निर्णय गरेको थियो ।

स्थायी समितिअघि सचिवालय बैठक बसेर स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ । बिहान ९ बजे सचिवालय बैठक बोलाइएको छ ।

सचिवालय बैठकपछि दिउँसो १ बजे स्थायी कमिटि बैठक बस्ने नेकपाले जनाएको छ ।

यो पनि पढ्नुहोस् :   कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ
सम्बन्धित पाेष्टहरु