The news from New Generation with new vision.

चोखो मनले लाइक र शेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धर्म, कर्ममा मन लाग्ने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सजिलै अरूको मन जित्न सकिने छ । आफन्तको प्रगतिमा मन रमाउने छ । नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्ने छ, सचेत रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघि बढ्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । जोश, जाँगर र उमङ्ग बढ्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मन भावुक र उत्ताउलो बन्न सक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । प्रेममा मनमुटाव पनि आउँला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ । रातो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछ ।

यो पनि पढ्नुहोस् :   यी राशिका लागी अति शुभ रहेको छ आजको दिन ,हेनुहोस् राशिफल

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज प्रेम जीवन सुखद् रहने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । जोश जाँगर र हिम्मत पनि बढ्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ ।

सम्बन्धित पाेष्टहरु