The news from New Generation with new vision.

सागमा स्वर्ण पदक विजेतालाई जनही ९ लाख, रजत र कास्य बिजेतालाई कति ?

काठमाडौं । सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक विजेता खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सागका विजेता खेलाडीलाई सम्मानका लागि आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले १३औँ सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख पुरस्कार दिने घोषणा गरे । एउटाभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख प्रदान गरिनेछ । यस्तै ‘टिम इभेन्ट’तर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच लाख दिइनेछ ।

स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले समेत पाँच लाख प्राप्त गर्नेछन् । यस्तै रजत पदक जित्नेलाई जनही ६ लाख तथा कास्य जित्नेलाई जनही तीन लाख पुरस्कारको प्रधानमन्त्री ओलीले घोषणा गरे ।

यसअघि सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच लाख, रजत जित्नेलाई जनही तीन लाख तथा कास्य जित्नेलाई जनही दुई लाख पुरस्कार प्रदान गरिँदै आएको थियो । मङ्गलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो ।

यो पनि पढ्नुहोस् :   यी राशिका लागी अति शुभ रहेको छ आजको दिन ,हेनुहोस् राशिफल
सम्बन्धित पाेष्टहरु