The news from New Generation with new vision.

चापाकोट सांस्कृतिक महोत्सवको मुख्यमन्त्रीद्वारा उद्घाटन

रिजन नेपाल

पोखरा । पोखरा वडा २३, चापाकोटमा बुधबारदेखि चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव सुरु भएको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ भए पनि ओझेलमा परेका कारण चापाकोटको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित महोत्सव पाँच दिनसम्म चल्नेछ।

चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक होमस्टे र पोखरा २३ ले संयुक्त रुपमा आयोजना गरेको महोत्सवमा स्थानीय संस्कृति, राष्ट्रिय कलाकारहरुको लोकदोहोरी तथा हास्यकलाकारको प्रस्तुति रहने चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए ।

त्यसैगरी नौमती बाजा, भजन चुड्का र रत्यौली प्रतियोगिता महोत्सवको आकर्षण हुनेछन् । तीनै प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ३०, २०, १० र ५ हजार नगदसहित पुरस्कृत गरिने छ ।

चापाकोटका २५ घरमा होमस्टे सञ्चालन गरिएको र सबै होमस्टेमा महोत्सवका बेला पर्यटकहरु बस्ने व्यवस्था मिलाएको चापाकोट देउराली सामुदायिक होमस्टेका अध्यक्ष विश्वराज पराजुलीले बताए ।

महोत्सवबाट १५ लाख रुपैयाँ आम्दानी गर्ने र १४ लाख ३० हजार खर्च हुने आयोजकको अनुमान छ । बचत भएको रकमबाट भ्यूटावर निर्माण तथा संस्कृति र स्थानीय झरनाको संरक्षण लगायतका कामको थालनी गर्ने योजना रहेको छ । महोत्सवमा स्थानीय लप्सी, तरुल, दमौरा, मह लगायतका स्थानीय उत्पादनका मात्रै स्टल राखिने आयोजकले जनाएको छ ।

यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सव उद्घाटन गर्दै देशका विकासका अवरोधक हटाएका कारण अब विकासले गति लिने दाबी गरे । ‘पहिले विकासका बाधक राजा थिए, राजा हटे,’ उनले भने ‘नेपालमा एउटा मात्र सरकार थियो, अहिले गाउँ गाउँसम्म सरकार पु¥याएका छौ । अब गाउँगाउँसम्म विकास पुग्ने छ ।’

उनले प्रदेशका ५ लाख ७८ हजार घरमा विद्युतीकरण गर्ने काम थालेको बताए । उनले नेपालमा धेरै विद्युत् उत्पादन गर्ने गण्डकी प्रदेश भएको भन्दै सबै घर मा बिजुली पु-याउन सरकारले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेर काम थालि सेकेको बताए ।

यो पनि पढ्नुहोस् :   यी राशिको लागी अति शुभ रहेको छ आजको दिन, हेनुहोस् राशिफल

उनले पोखरा २३ मा आवश्यक पुल र सडकको बताउने कामलाई प्रदेश सरकारले सघाउने बताए । उनले होमस्टेले ग्रामिण क्षेत्रको विकास गर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद राजीव पहारीले फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नु पर्ने बताए ।

वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले महानगरकै वडा भए पनि त्यस क्षेत्रमा पीच सडक र पुल नहुदाँ जनतालाई कठिनाइ परेको गुनासो गरे ।

चापाकोटको विकासमा टेवा पु-याएकोमा शिवलाल पराजुली, राजीव पहारी, तारानाथ पहारी र इन्द्र पराजुलीलाई सो अवसरमा सम्मान गरिएको थियो ।

सम्बन्धित पाेष्टहरु