The news from New Generation with new vision.

आजबाट भारी वर्षा र हिमपातको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं । आज साँझबाट उच्च पहाडी तथा हिमाली भेगमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु प्रणालीका कारण अधिकतम र न्यूनतम तापक्रममा एक्कासी गिरावट आएकाले देशैभरको मौसम प्रभावित हुनेछ । अहिले पूर्वी इरान र अफगानिस्तानमा रहेको पश्चिमी वायु विस्तारै पूर्वतिर सर्दै आएकाले जल तथा मौसम पूर्वानुमान विभागले विशेष बुलेटिन जारी गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार यसको प्रभाव विशेषतः नेपालका पश्चिमी भेगका स्थानहरु र मध्य र पूर्वी भेगका केही स्थानहरुमा देखापर्नेछ ।बुलेटिनमा भनिएको छ, ‘यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने देखिन्छ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ ।

यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको छ ।’
बुधवारबाट शुरु भएको उक्त मौसम प्रणाली शनिवारसम्म रहने भएकाले महाशाखाले बुलेटिनमार्फत् सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् :   यी राशिको लागी अति शुभ रहेको छ आजको दिन, हेनुहोस् राशिफल
सम्बन्धित पाेष्टहरु