The news from New Generation with new vision.

बोक्साको आरोपमा वडाध्यक्षमाथी कुटपीट

चितवन । चितवनको इच्छाकामना गाउँपालिका २ का वडाध्यक्षमाथी बोक्साको आरोपमा कुटपिट भएको छ ।

वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले बोक्सा भएको आरोप लगाउँदै, कुटपिट गरी कालोमोसो मोसो दली , जुत्ताको माला लगाएर मानव मलमुत्र खुवाउने प्रयास समेत गरेका छन् ।

जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो ।

त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ

यो पनि पढ्नुहोस् :   नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ
सम्बन्धित पाेष्टहरु