The news from New Generation with new vision.

महिला फुटबल– फाइनलमा भारतसँग नेपाल २–० ले स्तब्ध

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाली महिला टोली फाइनलमा भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालामा भएको खेलमा नेपाली टोली २–० गोल अन्तरले पराजित हुँदै रजत पदकमा सीमित भयो । नेपालविरुद्ध भारतकी एनजी बालादेवीले गोल गरिन् ।

उनले खेलमा १७ औं र ५५ औं मिनेटमा भातरका लागि गोल गरेकी हुन् । यसअघि नेपाली खेलाडीले फागुनमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पराजय भोग्नु परेको थियो ।

घरेलु मैदानमा भएको सागमा भारतलाई हराउँदै स्वर्ण जित्ने नेपाली खेलाडीको सपना अधुरो रहेको छ ।

यो पनि पढ्नुहोस् :   नेपालमा थप एक जनामा भेटियो कोरोना भाइरसको संक्रमण
सम्बन्धित पाेष्टहरु