The news from New Generation with new vision.

नायिका ऋचा शर्माले कसिन् दिपेक्ष विक्रम राणासँग लगनगाँठो

काठमाडौं । नायिका ऋचा शर्मा वैवाहिक जीवन शुरु गरेकी छिन् । उनले आफ्ना प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन्।

शनिबार उनले आफ्नो फेसबुकमा फोटो सार्वजनिक गर्दै जिन्दगीको नयाँ प्रहर सुरू भएको बताएकी हुन् । यसअघि विवाहको कार्ड सार्वजनिक गर्दै ऋचाले मंसिर २१ गते दिपेक्ष विक्रम राणासँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।

दिपेक्ष ललितपुरको पुल्चोकस्थित लविम मलका व्यवस्थापक हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए । यसअघि ऋचाले साथीहरूसँग पोखरामा ब्याचलर पार्टी समेत मनाएकी थिइन् ।

यो पनि पढ्नुहोस् :   ‘तक्मेबुढा’ बने बाबु
सम्बन्धित पाेष्टहरु