The news from New Generation with new vision.

सुटिङ स्थलमा यस्ता देखिए ‘प्रेमगीत–३’ का कलाकारहरु (तस्बिर)

काठमाडौं । चैत २८ गतेलाई प्रदर्शन मिति तय गरेको ‘‘प्रेमगीत–३’’ निर्माण पक्ष यतिबेला सुटिङमा रहेको छ । प्रेमगीत ३ को निर्माण पक्ष यतिबेला सुटिङका क्रममा मनाङमा रहेको छ ।

मनाङमा सुटिङका लागि गरिएका अभ्यासका केहि तस्बिरहरु निर्माण पक्षले सार्बजनिक गरेको छ । जसमा चलचित्रका प्रमुख कलाकार नायक प्रदिप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेनले घोडा कुदाउने अभ्यास गरिरहेका छन् । निर्माता सेनका अनुसार सुटिङका लागि उक्त अभ्यास गरिरहेको जानकारी दिए ।

‘प्रेमगीत २’ मा मुख्य भूमिका समेत निर्वाहा गरेकानिर्माता सेनले फिल्मको ६० प्रतिशत छायांकन सकिएको बताए ।

चलचित्रमा खड्का, गुरुङ र सेनका अलवा सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

आसुशेन फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ । फिल्मलाई राजेश श्रेष्ठले खिचिरहेका छन् ।

फिल्ममा हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । फिल्मको निर्देशन सन्तोष सेन र छेतेन गुरुङले मिलेर गर्दैछन् ।

यसैबीच, चलचित्र ‘प्रेमगीत ३’ ले पोस्टर समेत सार्बजनिक गरेको छ । चलचित्रका मुख्य कलाकार प्रदीप खड्काको बाल्यकालको भुमिका निर्वाह गरिरहेका अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

सुटिङ स्थलका केहि तस्बिरहरु : 

यो पनि पढ्नुहोस् :   कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्यो, ८० जनाको मृत्यु
सम्बन्धित पाेष्टहरु