The news from New Generation with new vision.

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक मंसिर २६ गते दिउँसो १ बजेका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने बैठकमा चुनावी समीक्षा, पार्टीको आगामी रणनीति लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

उपनिर्वाचनपछि काँग्रेसको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । उपनिर्वाचनमा काँग्रेसले एक प्रदेशसभा र एक उपमहानगरपालिकासहित १३ स्थानमा विजय हासिल गरेको थियो ।

यो पनि पढ्नुहोस् :   १३औँ साग पुरुष क्रिकेटः नेपालले जित्यो कांस्य पदक
सम्बन्धित पाेष्टहरु