The news from New Generation with new vision.

नायिका ऋचा शर्मा बेहुली बन्दै, मंसिर २१ मा प्रेमी राणासँग बिहे

काठमाडौं । नायिका ऋचा शर्मा बैबाहिक जीवनमा बाधिने भएकी छिन् । ऋचाले डिसेम्बर ७ अर्थात मंसिर २१ गते बिहे गर्न लागेकी हुन् ।

ऋचाले पनि लामो समयदेखि घरबाट बिहेका लागि दबाब आएको बताउँदै आएकी थिइन् । केही समयदेखि दिपेश विक्रम राणासँग प्रेम सम्बन्धमा रहेकी ऋचाले उक्त सम्बन्धलाई बिवाहमा परिणत गर्न लागेकी हुन् । राणा ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् ।

ऋचाले आफूहरुलाई प्रेम दर्शाउने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रियक नायिका शर्माले बिहेको मिति सार्वजनिक गरेसँगै अब उनको घरजम पनि पक्का भएको छ ।

यो पनि पढ्नुहोस् :   कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्यो, ८० जनाको मृत्यु
सम्बन्धित पाेष्टहरु