The news from New Generation with new vision.

१३ औं सागको दोस्रो दिन नेपालले जित्यो १५ स्वर्ण

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा १५ वटा नेपालले जित्यो।

नेपाललाई कराँते र तेक्वान्दोले ७–७ स्वर्ण दिलायो । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ । यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ।

सोमबार कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २-२ स्वर्ण जितेका छन् ।

यो पनि पढ्नुहोस् :   अन्ततः निर्णयबाट पछि हट्यो सरकार, कर बुझाउने म्याद असार ७ सम्म थप
सम्बन्धित पाेष्टहरु