The news from New Generation with new vision.

२ पार्टी मिल्दा पनि सकेन् नेकपाले धरान जोगाउन, बहुदलपछि काँग्रेसको पहिलो जित

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् ।  उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गरे ।

तिलकले २६ हजार ७०९ मत पाउँदा प्रकाशले भने २३ हजार ९१४ मत पाए ।  धरानमा कांग्रेसको यो बहुदलपछि पहिलो जित हो । 

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।

२०४८ सालदेखि यस क्षेत्रमा नेकपा विजयी हुँदै आएको थियो । २०४८ सालको आमनिर्वाचनमा जित सुनिश्चित गर्न भन्दै तत्कालिन (एमाले) का अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट चुनाव लडेका थिए ।

यो पनि पढ्नुहोस् :   आजबाट भारी वर्षा र हिमपातको सम्भावना, सर्तक रहन आग्रह
सम्बन्धित पाेष्टहरु