The news from New Generation with new vision.

तत्कालीन एमालेको गण धरान उपमहानगर गुम्ने सम्भावना, काँग्रेस उम्मेद्वार फराकिलो अन्तरले अगाडी

काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच मत अन्तर फराकिलो बन्दै गएको छ । पछिल्लो मत परिणाममा नेपाली कांग्रेस उम्मेदवार तिलक राई विजयी नजिक देखिएका छन् ।

नेकपाका उम्मेदवार प्रकाश राई उनलाई पछ्याइरहेका छन् । कांग्रेसका तिलक राईले २४ हजार ६५१ मत पाउँदा नेकपाका प्रकाश राईले २३ हजार १४ मत पाएका हुन् ।

शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो । यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।

धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको छैन ।

यो पनि पढ्नुहोस् :   गण्डकी विकास बैंकको एकै दिन ३ शाखा सञ्चालन
सम्बन्धित पाेष्टहरु