The news from New Generation with new vision.

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाले मार्यो बाजी

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रुपा शाही विजयी भएकी छन् ।

उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाकी शाही एक हजार ४५३ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तारा शाहीले एक हजार ३८५ मत प्राप्त गरिन् ।

नेकपाका उम्मेदवार शाही यस अघिको निर्वाचन २०७४ सालमा पराजित भएकी थिइन् । यसअघि काँग्रेसबाट विजयी भएकी सिन्धु शाहीको जीप दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो ।

सम्बन्धित पाेष्टहरु