The news from New Generation with new vision.

कास्की २ : विद्याको ठुलो अग्रता, १०० मत तलै १६ उम्मेद्वार

पोखरा । कास्की–२ मा उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेल ७ हजार ७ सय एक मतले पछि परेका छन् । पोखरा महानगरपालिकाका ३३, २०, २१, १६ र १७ को मत गणना सकिँदा पौडेलले ७ हजार ८ सय ७ मत प्राप्त गरेका छन् ।

नेकपा उम्मेद्वार विद्या भट्टराईले १५ हजार ५ सय ८ मत ल्याएर ठुलो अग्रता लिएकी छिन् ।

निर्वाचनमा उम्मेद्वार रहेका अन्य १६ जनाले एक सय मत पनि पुर्याउन सकेका छैनन् ।

अब पोखरा महानगरका ४,७,८,९,११ र १५ नम्बर वडामा मतगणना हुन बाँकी छ ।

अहिलेसम्म प्राप्त मतपरिणाम

कास्की–२ को शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। कास्की–२ को उपनिर्वाचनमा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेलसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।

पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भईरहेको छ ।

यो पनि पढ्नुहोस् :   काँग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा 
सम्बन्धित पाेष्टहरु