The news from New Generation with new vision.

आज बुधबार, यी ७ राशिका लागि अति शुभ छ आजको दिन, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग

मिति २०७६ साल मंसिर ५ गते बिहीबार, इस २०१९ नोभेम्बर २१। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेसं ११४० कछलागा। मार्ग कृष्णपक्ष। नवमी, ९ः२४ उप्रान्त दशमी। नक्षत्र– पूर्वफाल्गुनी।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुनेछ भने उपहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा समय दिन नसकिने हुदा अरुभन्दा पछि परिने छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै  पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले साहसिलो  काम गर्न जोस जागर बढेर आउनेछ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  प्रेमप्रसङ्गमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्तजनसँग मनमुटाव बढ्ने योग रहेको छ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वदेश तथा विदेशमा उत्पादित सामानको व्ययावसाय फस्टाएर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेको छ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग तथा परिचालन मार्फत् नयाँ काम गर्न सकिने छ । दाजुभाइको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने समय रहेको छ  । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिने छ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागी  भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

 

यो पनि पढ्नुहोस् :   यी ८ बानी, जसले आउन लागेको धन हानी गर्नुका साथै दुर्भाग्य बढाउछ

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । शत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ ।

सम्बन्धित पाेष्टहरु