The news from New Generation with new vision.

गरिमा बिकास बैंक वालिङ शाखाद्धारा रक्तदान कार्यक्रम

कुमार बाबु हिताङ्गा/स्याङ्जा । गरिमा विकास बैंक वालिङ शाखाको आयोजनामा वालिङ बजारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंकले १३औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा वालिङ स्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारणसहितले रक्तदान गरि ४० पिन्ट रगत सङ्कलन भएको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पुर्‍याउने उद्देश्यसहित ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रमको आयोजना गरेको वालिङ शाखाका प्रवन्धक कुमार गुरुङले जानकारी दिए ।

अस्पतालमा उपचार सेवाका लागि आउने सर्वसाधारणलाई आवश्यकता परेमा रगत सहयोग गर्नका लागि बैंक मार्फत रचनात्मक कार्यक्रम रक्तदान सञ्चालन गरिएको शाखा प्रवन्धक गुरुङ्ले बताए । प्रमुख अथिति बैकका पुर्व अध्यक्ष तथा वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाणले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गरेका थिए ।

रक्तदान कार्यक्रममा लुम्बिनी मेडिकल कलेजको प्राबिधिक सहयोगमा कार्यक्रम गरिएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको गरिमा विकास बैंकको हाल देशभर ९० ओटा शाखा सञ्चालनमा रहेका छन् ।

यो पनि पढ्नुहोस् :   नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म बन्द हुने
सम्बन्धित पाेष्टहरु