The news from New Generation with new vision.

काठमाडौंको न्युरोडबाट सात जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् ।

गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ, रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार चन्द्र लामाले सञ्चालन गर्दै आएको जुवाको अड्डाबाट उनीहरु पक्राउ परेका हुन् ।

यो पनि पढ्नुहोस् :   सागमा स्वर्ण पदक विजेतालाई जनही ९ लाख, रजत र कास्य बिजेतालाई कति ?
सम्बन्धित पाेष्टहरु