The news from New Generation with new vision.

समाजसेवामा सक्रिय खुमा अर्याल फाउन्डेसनद्धारा स्याङ्जामा स्वास्थ्य शिविर

स्याङ्जा । पछिल्लो समय समाजसेवामा सक्रिय रहेको खुमा अर्याल फाउन्डेसनले निःशुल्क स्वास्थ शिबिर सम्पन्न गरेको छ ।

फाउन्डेसनले नेपाल रेडक्रस सोसाइटी पुतलीबजार न पा १३ उप शाखा स्याङ्जासँगको सहकार्यमा आमा मिलन केन्द्र स्याङ्जाको समन्वय र गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा स्याङ्जा जिल्ला पुतलीबजार न पा १३ रानी थुम्का आधार भूत बिधालयमा विशेषज्ञ सेवा सहितको बृहत नि : शुल्क स्वास्थ शिबिर सम्पन्न गरेको हो ।

शिविरमा ५२४ जना विभिन्न फरक फरक किसिमका बिरामीको परिक्षण भएको थियो । शिबिरमा ८४ जनाले भिडियो एक्सरे र ३८ जनाले इ सि जि सेवा लिएका थिए, शिबिरमा मेडिसिन, हाडजोर्नी, आँखा र नाक कान घाटि रोग बिभागमा बढी बिरामीको उपस्थिति थियो । शिबिरमा स्त्रीरोग, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, बाल रोग, नाक कान घाटि रोग, दन्त रोग, आँखा रोग, सर्जरी, छाला तथा यौन रोग, प्रयोगशाला, भिडियो एकसरे, इसिजि, औषधि बितरण लगाएतका सेवा हरु सम्बन्धि छुट्टाछुट्टै विशेषज्ञ बाट सेवा प्रदान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पुतलीबजार १३ उपशाखा सभापति भागीरथ तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता समजसेवी तथा सफल ब्यबसायी खुमा प्रसाद अर्यालले गरेका थिए । कार्यक्रममा फाउन्डेसनका सचिव तथा कार्यक्रमका संयोजक ध्रुव शर्माले कार्यक्रममा बोल्दै फाउन्डेसन र यस सस्थाले गर्ने समाजिक कार्यहरूका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले यस फाउन्डेसनले गर्ने कार्यहरु बिशुद्द जनातामुखी हुने र यस्ता किसिमका शिबिर पनि सामान्य शिबिर भन्दा फरक विशेषज्ञ सहितको हुने र बिरामीले उत्कृष्ट सेवा लिएको अनुभुती हुने किसिमले संचालन गरिने जानकारी गराए।

गण्डकी मेडिकल कलेजका प्रिन्सिपल रबिन्द्र श्रेष्ठले जाच गराइएका बिरामीलाई थप अन्य थप उपचार गर्न परेमा गण्डकी मेडिकल कलेज पोखरामा विशेष छुटको ब्यबस्था गरिएको जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासङ स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, पुतलीबजार नगरपालिका १३ वडा अध्यक्ष ख्याम नारायण अधिकारी, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका मन्त्री दिनेश अर्याल, खुमा अर्याल फाउन्डेसन संरक्षक डाक्टर लुना शर्मा, फाउन्डेसन उपाध्यक्ष लेखनाथ शर्मा,आमा मिलन केन्द्र स्याङ्जाको अध्यक्ष सुनिता शर्मा गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टु माया घले, प्रिन्सिपल रबिन्द्र श्रेष्ठ लगाएत अन्य बिशिस्ट ब्यक्तिको उपस्तिथि थियो ।

यो पनि पढ्नुहोस् :   सागमा स्वर्ण पदक विजेतालाई जनही ९ लाख, रजत र कास्य बिजेतालाई कति ?
सम्बन्धित पाेष्टहरु