The news from New Generation with new vision.

लोक तथा दोहोरी गीत प्रतिष्ठानमा ११ पद निर्विरोध

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशन अन्तर्गत ११ पदमा निर्विरोध निर्वाचित भएको छ ।

नयाँ नेतृत्व चयनका लागि शनिबार बेलुकाबाट शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत ११ पदमा निर्विरोध निर्वाचित भएको हो । बरिष्ठ उपाध्यक्षमा गायिका रिता थापा, प्रथम उपाध्यक्षमा चर्चित गायक पशुपति शर्मा, प्रतिष्ठानको दित्तीय उपाध्यक्षमा गायक रामजी खाँण, महिला उपाध्यक्ष तर्फ गायिका राधिका हमाल निर्विरोध निर्वाचित भएका हुन् ।

चर्चित गायक शर्मा फेरी प्रथम उपाध्यक्ष पदमा बस्न मञ्जुर भएपछि रिता बरिष्ट उपाध्यक्षमा निबिरोध भएको बुझिएको छ । यसैगरी शिब हमाल प्रतिष्ठानको महासचिवमा सुबास केसी चयन भए भने उपमहासचिबमा गायक एवम् नृत्य निर्देशक शँकर बिसी र शिब हमाल चयन भएका हुन् ।

गायक खुमन अधिकारी सांगठनिक सचिबमा निर्विरोध चयन भएका छ भने गायिका जमुना राना मगर महिला सचिबमा निर्विरोध चयन भएकी छिन् । सह कोषाध्यक्षमा पूर्णकला बिसी निर्विरोध निर्वाचित भएकी छिन् । सचिब, कोषाध्यक्ष, प्रदेश पदाधिकारी सहित प्रतिष्ठानको २९ केन्द्रिय सदस्य मध्य ७ जना महिला, १२ जना खुला चयन हुने छन् ।

७ प्रदेशबाट ७, बिदेशबाट २ र काठमाडौं उपत्यका समन्वय समितिबाट १ जना चयन हुनेछन् । अध्यक्षमा गायक विष्णु खत्री र गीतकार रमेश बिजीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यो पनि पढ्नुहोस् :   बिहीबारको सार्वजनिक बिदाबारे गृहबाट यस्तो निर्णय
सम्बन्धित पाेष्टहरु