The news from New Generation with new vision.

सामाजिक सञ्जालमा भाइरल तरकारीवालीको विवाह

धादिङ । बिगतमा तरकारीवालीको नाममा सामाजिक सञ्जालमा भाइरल भएकी कुसुम श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएकी छिन्। श्रेष्ठ हिंजो मसीर ६ गते शुक्रबार (हिजो) विवाह बन्धनमा बाँधिएकी हुन्।

उनले धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी छिन्। विवाहको तस्विर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छन्। गोरखाको भुम्लीचोककी कुसुम श्रेष्ठले डोकामा तरकारी बोकेर खोला तर्दै गरेको फोटो पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले सामाजिक सञ्जालमा अपलोड गरेसँगै ‘तरकारीवाली’ को उपमाबाट चर्चित भएकी थिइन्।

सामाजिक संजालमा धेरैले उनको उनको तस्विर शेयर गरेपछि ‘सेलेब्रिटी’नै बनिन्। यसपछि उनलाई म्युजिक भिडियो र फिल्म खेल्ने अफर आयो । तर, उनले सबैलाई अस्विकार गरिरहिन्। रत्ननगरको टाँडीमा १२ पढ्दै गरेकी उनले ‘पढाइ बिग्रिने डरले’ म्युजिक भिडियो र फिल्ममा रुचि नदेखाएको बताइन् ।

तर उनले पछि गोपालचन्द्र लामिछानेले निर्देशन गरेको फिल्म लम्फुमा खेलिन् । तर फिल्मले उनलाई चर्चा दिलाउन सकेन। फिल्म फ्लप भयो। त्यसपछि उनले पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ मा अभिनय गरिन् । युट्युवमार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी थिइन्।

यो पनि पढ्नुहोस् :   भारतसँग पराजित भएपछि प्रशिक्षकको राजीनामा
सम्बन्धित पाेष्टहरु