The news from New Generation with new vision.

हिन्दु राष्ट्र कायम गर्न माग गर्दै ७२ घण्टे सत्याग्रह

काठमाडौँ । हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौँमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मागसहित काठमाडौँको शान्तिवाटिकामा आइताबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलदेवी शाहको तस्वीर अंकित ब्यानरसहित सूरु गरिएको सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आबद्ध अगुवाहरुको सहभागिता रहेको छ ।

भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औँल्याउँदै सचेत रहन सरकारलाई दबाब दिन पनि सो सत्याग्रह सुरु गर्नु परेको बताए ।

स्वतन्त्र नागरिक समाजले सो सत्याग्रहलाई सफल बनाइ मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ ।

यो पनि पढ्नुहोस् :   चुनावको ऋण तिर्न मलेसिया गएका बझाङका कांग्रेस नेता बाकसमा फर्किए
सम्बन्धित पाेष्टहरु