The news from New Generation with new vision.

आइतबार, निकै राम्रो छ यी ८ राशिको भाग्य हेर्नुहोस्, दैनिक राशिफल

आजको पञ्चाङ्ग
मिति २०७६ साल मंसिर १ गते आइतबार, इस २०१९ नोभेम्बर १७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेसं ११४० कछलागा। मार्ग कृष्णपक्ष। पञ्चमी, १७ः२५ उप्रान्त षष्ठी। नक्षत्र– पुनर्वशु।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुनेअधिक सम्भावना रहेकोछ । साझबाट समय राम्रो रहेको पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्यामा राम्रो प्रगति हुने हुदा पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । साझबाट खर्च बढ्ने तथा यात्राको योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । मायाप्रेममा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ । साझबाट समय राम्रो रहेकोले ईच्छित कामनाहरु पुरा हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काम गरि पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरि आम्दानीकास्रोतहरु फराकिला पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहिनीसँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

यो पनि पढ्नुहोस् :   बिहीबारको सार्वजनिक बिदाबारे गृहबाट यस्तो निर्णय

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययान अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)आमा वा परिवारका सदस्यहरुको सहयो पाइने हुँदा शरिरमा स्फुर्ति बढ्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाढि बढ्न सकिनेछ ।

सम्बन्धित पाेष्टहरु