The news from New Generation with new vision.

काठमाडौँको बानेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौँ महानगरपालिका– ३१ नयाँ बानेश्वरस्थित सडकमा बा९१प १७६६ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक बाजुरा दहकोट घर भएका ३२ वर्षीय गोकुलबहादुर रोकायाको नागरिक अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका– ६ मूलपानी बस्ने ३४ वर्षीय सोनाम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत छ जना गएराति पक्राउ परेका छन् ।

उनीहरुको साथबाट रु दुई लाख २० हजार नगद र १६ थान कौडा बरामद गरिएको प्रहरीले आज एक सूचनामार्फ जनाएको छ । उनीहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने जनाइएको छ ।

यो पनि पढ्नुहोस् :   पदक जित्ने खेलाडीको सम्मानमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
सम्बन्धित पाेष्टहरु