The news from New Generation with new vision.

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

सल्यान । सल्यानमा जीपदुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीया कृष्णादेवी परियार र त्यही ठाउँका ५९ वर्षीया यगी थापा रहेका छन्।

उनीहरुको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । सल्यानको फलाबाङबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीपफलाबाङको बडागाँउ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुने सबै एउटै वडाका रहेका छन् । घाइते हुनेमा फलाबाँग निवासी चालक २८ वर्षीय सन्दीप परियार, २३ वर्षीया रिता रावत, ८ वर्षीया ज्योती रावत,५५ वर्षीया सावित्री खत्री,२२ वर्षीया तारा थापा, २३ वर्षीया मोती रावत, २१ वर्षीया राधा बोहरा र दाङ तुल्सीपुर उप महानगरपालिका ५ निवासी २८ वर्षीया डिला बुढा रहेका छन् ।

घाइते सबै जनाको उपचार अञ्चल अस्पताल तुल्सीपुरमा भइ रहेको र चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् :   नियमित काजु खादाका फाईदाः कपाल र अनुहारमा चमक, तनाव हटाउछ 
सम्बन्धित पाेष्टहरु