The news from New Generation with new vision.

निर्माण व्यवसायी संघ स्याङ्जाले प्रजिअलाई बुझायो ज्ञापन पत्र, यस्ता छन् माग 

कुमार बाबु हिताँगा/स्याङ्जा । खरिद निमावली निर्माण व्यवसायिहरुको हित विपरित भएकाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई निर्माण व्यवसायी संघ स्याङ्जाका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाएका छन ।

मिति २०७६ बैशाख ३० गते राजपत्रमा प्रकाशित खरिद निमावलीले नकारात्मक असर पुर्याउने भएको भन्दै निर्माण व्यवसायी संघ स्याङ्जाले ज्ञापन पत्र बुझाएको हो । उसले नियमावलीका विभिन्न बुँदाहरूमा आवश्यक संशोधन वा खारेजी गरिनुपर्ने माग समेत राखेको छ ।

संघका सचिव हनिफ मियाँले पूँजीगत खर्च तर्फ राष्ट्रको बजेटको ६५ प्रतिशत खर्च गर्ने निर्माण व्यवसाय क्षेत्रलाई अझ बढी जिम्मेवार, जवाफदेही, अधिकार र कर्तव्यको सुनिश्चितता गरी व्यवस्थित नबनाइदासम्म यस क्षेत्रको विकास नहुने बताए ।

नियमावलीका कारण सयौ व्यक्तिलाई रोजगार दिइरहेका कम्पनीलाई ठूलो असर गर्ने र स्वदेशी रोजगारीमा प्रत्यक्ष असर पर्न गई देशलाई पनि घाटा हुने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले देश निर्माणमा निमाण व्यवसायीको भूमिका रहने भन्दै संघले राखेका माग सम्बोधन हुने विश्वास दिलाए ।

यो पनि पढ्नुहोस् :   गौरिकाले पाउने भइन सर्वाधिक ६५ लाख पुरस्कार
सम्बन्धित पाेष्टहरु