The news from New Generation with new vision.

६४ उम्मेदवारले आज चुनाव चिह्न पाउने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिन्ह दिँदैछ ।

आइतबार अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज प्रतिस्पर्धामा रहेका ६४ जनालाई चुनाव चिह्न दिन लागेको हो ।

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र ११ मध्ये स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिनु भएको छ ।

यस्तै भक्तपुरमा विभिन्न राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।
बागलुङमा राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङमा राजनीतिक दलका १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवार छन ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   दुर्लभ पेन्गुइनलाई न्यूजील्यान्डमा 'वर्षको चरा' उपाधि
सम्बन्धित पाेष्टहरु