The news from New Generation with new vision.

कालापानी, लिपुलेक फिर्ता माग्दै हिडेका विद्यार्थी पक्राउ

काठमाडौं । नेपालको कालापानी र लिपुलेक लगायतको भाग नेपालमा पर्ने गरी भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ।

यो बीचमा लामो समय देखि नेपाल सरकारद्धारा प्रतिवन्धको मार खेपिरहेको नेत्र विक्रम चन्द ‘विप्लव’ समुहले पनि प्रदर्शन गरेको छ । भारतीय रवैयाको विरोधमा विप्लव निकट विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेको हो । आज माइतीघर मण्डलामा भेला भएर विद्यार्थीहरूले सीमा अतिक्रमणविरुद्ध चर्को नाराबाजी गरेका छन्।

उनीहरूले ‘गो ब्याक इण्डिया’को नारा पनि लगाएका छन् । नेकपा महासचिव विप्लवका छोरा प्रकाश चन्द पनि विरोध कार्यक्रममा सहभागी हुने भनिएको थियो । तर, प्रहरीले उनी सहभागी नहुँदै प्रदर्शनकारीमाथि हस्तक्षेप गरेर केहीलाई नियन्त्रणमा लिएको छ।

प्रदर्शनमा सहभागी ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । विद्यार्थीका नाममा प्रदर्शन गरेपनि प्रतिबन्धित विप्लव समूहको कार्यकर्ता भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले विप्लव नेतृत्वको नेकपामा आस्था राख्ने सम्पुर्णलाई छानीछानी नियन्त्रणमा लिएको आरोप लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   यस्तो गम्भीर आरोपमा बाबा दम्पती प्रहरी नियन्त्रणमा
सम्बन्धित पाेष्टहरु