The news from New Generation with new vision.

दाङका परियारको प्रवासी मुलुक कुवेतमा निधन

काठमाडौं । कुवेतमा एक नेपालीको उपचारका क्रममा निधन भएको छ । घोराही उपमहानगरपालिका –२, सुकेडाँगीका ३६ वर्षीय जबिन्द्र परियारको शनिबार राति निधन भएको हो ।

रेष्टुरेन्टमा कुकको कामका लागि कुवेत गएको ४३ दिनमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अक्टोबर २ तारिखका दिन एक्कासी टाउको दुख्ने र धेरै ज्वरो आउने भएपछि उनलाई तत्काल फर्वानियाको सिफा अल जाजिरा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार गर्न सम्भव नभएपछि फर्वानिया अस्पताल रिफर गरियो ।

तर त्यहाँ पनि उनलाई बचाउन सकिएन । जबिन्द्रलाई एकदमै कम मान्छेमा हुने ‘ब्रेन टीबी’ भएको र त्यसैको कारण ज्यान गएको अस्पतालले जनाएको छ । सम्बन्धित निकायसँग समन्वय गरेर शव चाडै नेपाल पठाउन पहल गर्ने नेपाली राजदूतावासले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   ६४ उम्मेदवारले आज चुनाव चिह्न पाउने
सम्बन्धित पाेष्टहरु