The news from New Generation with new vision.

शुक्रबार, निकै राम्रो छ यी ९ राशिको भाग्य हेर्नुहोस्, दैनिक राशिफल

आजको पञ्चाङ्ग
मिति २०७६ साल कात्तिक २२ गते शुक्रबार। इस २०१९ नोभेम्बर ८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। नेसं ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। एकादशी, १२:१८ उप्रान्त द्वादशी। नक्षत्र-पूर्वभाद्रपदा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुदा आर्थिक पाटाहरु बिग्रनेछन् । दाजुभाईसँग मनमुटाव बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनसक्छ, खानपानमा ध्यान लिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा लगानी गरि मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुनेसमय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पहिलेका सम्झौता भङग हुनेछ भने साझेदारहरु बिच भनाभन हुनेप्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउँनेछैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउँन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावलि पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुने योग रहेकोछ। पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन्।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

यो पनि पढ्नुहोस् :   मंगलबार, निकै राम्रो छ यी ८ राशिको भाग्य हेर्नुहोस्, दैनिक राशिफल

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ। अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरि वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तर पनि बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु