The news from New Generation with new vision.

बिहीबार, निकै राम्रो छ यी ८ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग
मिति २०७६ साल कात्तिक २१ गते बिहीबार। इस २०१९ नोभेम्बर ७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु, नेसं ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। दशमी, १०ः१० उप्रान्त एकादशी। नक्षत्र-शतभिषा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ। माया प्रेमका कोपिलाहरु फक्रन नपाउने हुनाले मन दुःखी हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाईने छ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विद्या तथा प्रतिस्र्धामा अरुभन्दा पछि परिने हुँदा मनमा अशान्तिले गतिलो डेरा जमाउनेछ। पारिवारिक सम्बन्ध तथा पति पत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महसुस हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेममा सामिप्यता बढेर जानेछ। पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ। विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ। सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ। अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपाईं आफ्नै पक्षमा पार्न सकिनेछ। पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ। प्रणय सम्बन्धमा विश्वासको वातावरण बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा कामहरु हुनेछन्।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ। माया प्रेममा सामिप्यता बढेर जाने तथा पतिपत्निबीच विश्वासको वातावरण बढ्नेछ।

यो पनि पढ्नुहोस् :   पुष्पा भुषाललाई सभामुख उठाउने काँग्रेसको तयारी

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) थोरै स्रोत साधन प्रयोग गरि असिमित आवश्यकताहरु पूरा गर्न सकिनेछ। प्रेम प्रशङ््गमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यतित गर्न सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ।

सम्बन्धित पाेष्टहरु