The news from New Generation with new vision.

भरतपुरमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु, एकको अवस्था गम्भीर

भरतपुर । चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

यो पनि पढ्नुहोस् :   खेलकुद मन्त्री र राखेप सचिवलाई बर्खास्त गर्न तरुण दलको माग
सम्बन्धित पाेष्टहरु