The news from New Generation with new vision.

होटलमा चर्को संगीत बजेपछि गोहीको मृत्यु

काठमाडौं । भारतको चेन्नईस्थित एक होटलमा साउन्ड सिस्टमका कारण दुर्लभ प्रजातिको एउटा गोही मरेको छ।

चेन्नईको प्रसिद्ध ईस्ट कोस्ट रोडमा रहेको शेराटन ग्रान्ड रिजोर्टको छेउमै रहेको एउटा चिडियाखानामा गोही राखिएको थियो। चिडियाखानाका अधिकारीहरूले होटलमा राति अबेलासम्म पार्टी चलेको र चर्को साउन्ड सिस्टमबाट आएको थर्काहटका कारण तनावले गर्दा गोहीको मृत्यु भएको आरोप लगाएका छन्।

यसको जानकारी दिँदै चिडियाखानाका संस्थापक सदस्य रोमुलस विटेकरले होटल र चिडियाखानाबीच कुल दूरी ५० फीटभन्दा कम भएको बताए। चिडियाखाना र होटलबीच एउटा पर्खाल नजिक उक्त गोही राखिएको र साउन्ड सिस्टमका कारण उसको ज्यान गएको बताए।

उक्त गोही मादा भएको र उसको उमेर १२ वर्ष रहेको बताइएको छ। गोहीलाई अन्तै सार्ने योजनामा विचार गरिएको उनले बताए। तनावका कारण दुर्लभ जीवहरू मरेको यो पहिलो घटना हैन। चिडियाखाना सञ्चालन गर्ने मद्रास क्रोकोडाइल बैंकले पहिले पनि यस्तो घटना भएको बताएको छ।

शेराटन ग्रान्ड रिजोर्टका अधिकारीहरूले चिडियाखानालाई सबै सहायता दिने बताएका छन्। एजेन्सी

यो पनि पढ्नुहोस् :   गौरिकाले पाउने भइन सर्वाधिक ६५ लाख पुरस्कार
सम्बन्धित पाेष्टहरु