The news from New Generation with new vision.

मंगलबार, निकै राम्रो छ यी ८ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग
मिति २०७६ साल कात्तिक १९ गते मंगलबार। इस २०१९ नोभेम्बर ५ शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। नेसं ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। अष्टमी, ६ः३० उप्रान्त नवमी। नक्षत्र– धनिष्ठा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिने छ। सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न हुने छ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरिको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ। सरकारि स्तरमा तपार्ईँको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ। सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनालेकाम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलासी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ। अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ। मामा तथा मावलिबाट तपार्ईँको काममा सहयोग हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ। सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ। आमासँग मनमुटाब बड्नेछ। बिद्यामा मिहिनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धि सामान्य समस्याले सताउँनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) छोटो तथा रमाईलो यात्राको तय हुने छ। माया प्रेम तथा पति पत्नि बिच विश्वासको बाताबरणमा थप प्रगाडता आउने छ। जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुने छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिने छ। प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ।

यो पनि पढ्नुहोस् :   हङकङ प्रदर्शन: "कानुनी शासन पूर्ण रूपमा ध्वस्त हुने सङ्घारमा"

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन। अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना कामहरुबाट भनेभन्दा बढि नै आम्दानी हुनेछ। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ। बिद्या तथा प्रतिष्पर्धामा अरुदिन भन्दा राम्रो प्रगति गर्न सकिनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु