The news from New Generation with new vision.

दाङ हिँडेका नेकपा नेता झक्कु सुवेदीलाई थानकोटमा हृदयघात

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ।

सोमबार बिहान श्रीमतीसहित दाङ जान हिंडेका सुवेदीलाई थानकोट पुगेपछि अकस्मात हृदयघात भएको हो। सुवेदीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

चिकित्सकले उनको ब्लक भएको मुटुको भल्ब शल्यक्रियामार्फत खुलाएको पारिवारिक श्रोतले जनाएको छ । पारिवारिक सदस्यहरुका अनुसार हाल सुवेदीको अवस्था स्थिर छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   भारतीय कदमप्रति बिरोध गर्दै स्याङ्जामा नेबिसंघ र तरुण दल सडकमा
सम्बन्धित पाेष्टहरु