The news from New Generation with new vision.

काठमाडौंको लप्सेफेदीमा बस पल्टिँदा ३ जनाको मृत्यु, २० बढि घाईते

काठमाडौ । काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो।

तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   दाङका परियारको प्रवासी मुलुक कुवेतमा निधन
सम्बन्धित पाेष्टहरु