The news from New Generation with new vision.

र्‍यापर भिटेन पक्राउ

काठमाडौँ । र्‍याप गायकको रुपमा ‘भिटेन’ नामले चिनिएका समिर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।

भिटेनले गाएका गीतले समाज भड्किलो बनाएको र अश्लिल शब्दहरु राखेको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको जावलाखेलबाट उनलाई पक्राउ गरेको हो।

‘हामी यस्तै त हो नि ब्रो’का गायक भिटेनको गीत समाजलाई अपाच्य हुने किसिमको भएपछि पक्राउ गरिएको अपराध महाशाखाले जनाएको ।

यसअघि संस्कृति र परम्परामाथि नै आँच पुर्‍याउने गरी तिहारको देउसी भैलो गीत सार्वजनिक गरेको भन्दै दुर्गेश थापा पक्राउ परेका थिए । उनलाई युट्युबबाट गीत हटाएर माफी मागेपछि रिहा गरिएको थियो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   यस्तो गम्भीर आरोपमा बाबा दम्पती प्रहरी नियन्त्रणमा
सम्बन्धित पाेष्टहरु