The news from New Generation with new vision.

चिट चोर्ने काम रोक्न परीक्षमा युनिभर्सिटीको यस्तो हर्कत

एजेन्सी । विद्यार्थीको चिट चोर्ने काम रोक्न एउटा प्रि–युनिभर्सिटी कलेजले देखाएको हर्कत यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ।

भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लामा रहेको भगन प्रि–युनिभर्सिटी कलेजले परीक्षामा विद्यार्थीले चिट नचोरुन् भनेर तिनको टाउको ढाकिने गरी कार्टुनको डब्बा लगाइदिएको थियो। अहिले उक्त तस्वीर समाजिक सञ्जालमा भाइरल भएको छ।

यो निजी कलेजमा पछिल्लो वर्ष परिक्षामा निकै चोरी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त कुरालाई ध्यानमा राखेर कलेज प्रशासनले चोरीको घटना रोक्न नयाँ तरिका अप्नाएको हो।

उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यहाँको शिक्षा प्रशासन निकै रुष्ट देखिएको छ। यसै सम्बन्धमा त्यहाँको शिक्षा विभागले उक्त कलेजसँग स्पष्टीकरण पनि माग गरेको छ। चित्तबुझ्दो जवाफ नआए कलेजको मान्यता रद्द गर्ने विभागको चेतावनी छ।

यो पनि पढ्नुहोस् :   चावहिलकाे चन्द्रविनायक मन्दिरमा भगवान गणेश किन ‘बौद्ध चैत्य’ मा अडेस लागे ?
सम्बन्धित पाेष्टहरु