The news from New Generation with new vision.

राहतले छायो बाढी पीडितको मुहारमा खुसी

काठमाडौँ । सर्लाही जिल्ला स्थित बसबरिया गाउँपालिका वडा नं. २ का बाढी पीडितलाई नेपाल स्कटल्याण्ड एसोसिएशनले राहत प्रदान गरेको छ ।

एसोसिएशनले बाग्मति नदिबाट प्रभावित ८० परिवारलाई भाडाकुडा र टर्च लाईट वितरण गरेका हुन् । छठ पर्वको पूर्व सन्ध्यमा राहत पाएपछि उनीहरुको मुहारमा खुसी छाएको छ । वर्षातको समयमा आएको उक्त बाढीले सयौँ परिवार घर बिहिन बनेको छ । घरबासको उचितव्यवस्थापननभएको अवस्थामा नेपाल स्कटल्याण्ड एसोसिएशनले केही राहत उपलब्ध गराएकोमा वडा अध्यक्ष लाल चन्द्र गिरीले समेत खुसी व्यक्त गरेका छन् ।

तराईबासीको महत्वपूर्ण र ठूलो पर्वको रुपमामनाउने छठसंगै पीडित परिवारले नयाँ भाडाकुडा, टर्चलाईट सहितको राहत पाएपछि उनिहरु उत्साहित छन् । गरिबी र अशिक्षाका कारण दुःखसंगै लड्दै आईरहेकादलित बस्तीमा सहयोग गर्न पाएकोमा एसोसिएशनका सचिव मनिष खत्रीले खुसी व्यक्त गरेका छन् ।

सचिव खत्रिले सामाजिक रुपमा भएको विकृतिलाई पनि हटाउनुपर्ने माग राख्दै छोरा र छोरीलाई समान र उचितशिक्षाको व्यवस्थापनमा राज्यले चासो लिनुपर्ने बताए । त्यस्तै उक्त संस्थाका संस्थापक सदस्यतथा सल्लाहकार भोलाखनालले पनि पीडितहरुलाई सहयोग गर्न पाउँदानिकै खुसी महसुस भएको व्यक्त गरेका छन् । खनालले पीडितहरुको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सरोकारवाला निकाय सचेत हुनुपर्ने बताए ।

राहतकार्यक्रमलाई संयोजन गरेका स्कटल्याण्ड एसोसिएशनकापूर्व अध्यक्षकिशोर ढंगोलले नेपालमा भूकम्पपछि सक्रियताका साथकामगर्दै आईरहेको र त्यस्कै निरन्तरता तराईका बाढी प्रभावित पीडितलाई सहयोग गरेको बताए ।

संस्थाको सहयोगमागोरखा, दोलखा, सिन्धुपाल्चोक, रसुवालगायतविभिन्न स्थानमाविद्यालयभवनतथा पुस्तकालय र आधुनिकशौचालय समेत निर्माण गरि हस्तारण गरेको ढंगोलले बताए । उक्तअभियानका सामाजिकअभियन्तातथालोक गायिकाकमलाश्रेष्ठले पनिप्रवासमा रहेर नेपालीहरुको दुःखमा साथदिनपाएकोमाखुसीव्यक्तगरिन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   दाङका परियारको प्रवासी मुलुक कुवेतमा निधन
सम्बन्धित पाेष्टहरु