The news from New Generation with new vision.

‘बीच्च बीच्च’ का गीतका गायक दुर्गेश थापा पक्राउ

काठमाडौँ । विवादित ‘तिहार गीत’ लाई लिएर गायक दुर्गेश थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ।

प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले उनलाई छलफलका लागि बोलाएको छ।

दुर्गेशले हालै ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको गीत यूट्यूवमा सार्वजनिक गरेका थिए। गीतले चाँडै लोकप्रियता पाए पनि यसका केही शब्दहरुलाई लिएर आलोचना भएको छ। आलोचनात्मक प्रतिक्रियाहरु आएपछि कमेन्ट युट्यूवको कमेन्ट बक्स नै गायब पारिएको थियो।

गीतले तिहार र देउसीको भावनामा ठेस पुर्‍‍याएको भन्दै जिप्रकामा उजुरी परेको हो । प्रशासन कार्यालयले उजुरीकर्ताको नाम खुलाएको छैन।

यो पनि पढ्नुहोस् :   पोखरामा नेपाल लिटरेचर फेस्टिबल मंसिर २७ देखि हुँदै
सम्बन्धित पाेष्टहरु