The news from New Generation with new vision.

सोमबार, निकै राम्रो छ यी ८ राशिको भाग्य हेर्नुहोस्, दैनिक राशिफल

आजको पञ्चाङ्ग
मिति २०७६ साल कात्तिक ४ गते सोमबार। इस २०१९ अक्टोबर २१। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। नेसं ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। अष्टमी, २५ः२० उप्रान्त नवमी। नक्षत्र– पुनर्वशु

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मायाप्रेममा नजिक हुँदा अबिश्वास बढ्ने हुनाले आजको दिन टाडै रहनु उचित हुनेछ । आफन्त तथा दाजुभाईसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर व्यायिक कामहरु नगर्नुहोला समय तपार्ईँको पक्षमा रहेकोछैन । खेलकुद तथा शाहशिलो क्षेत्रमा पनि तपार्ईँको पक्षमा नतिजा नआउन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाजिनेछ । माया प्रेममा अविस्वास सिर्जना हुने तथा श्रीमान श्रीमती बिच मनमुटाब बढ्न योग रहेकोछ । पढाइ लेखाइमा प्रशस्त समय दिएपनि सोचेजस्तो नतिजा आउनेछैन ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने विलासी वस्तुको प्रयोग मार्फन अरुको मन आफूतिर तान्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोका तथा मनमुटाव हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा सुधार हुनेहुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुनेसमय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेहँनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । सवारि साधन तथा अन्य सम्पतिहरु लाभ हुनेयोग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानीगर्न निकै नै समय खर्चिनु पर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी बढाउन सकिनेछ ।

यो पनि पढ्नुहोस् :   नेपाल टी-२० वरीयतामा एक स्थान माथि उक्लियो

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा नाफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहीनिसँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनालेकाम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलासी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययान अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । व्यापारमा अरुदिन भन्दा बढिनै समय लगानी गर्नुपर्ने हुनसक्छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारि साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर परिवारबाट टाडा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाइ लेखाइमा मन नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु