The news from New Generation with new vision.

पूर्वसभामुख महरालाई ५ दिन थुनामा राख्न आदेश

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो। स‌ंसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ।

प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सोमबार, निकै राम्रो छ यी ९ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु