The news from New Generation with new vision.

महरा विरुद्ध आफूले उजुरी नदिएको रोशनी शाहीको स्पष्टिकरण

काठमाडौँ । पूर्वसभामुख कृष्ण बहादुर महरालाई छुटाउँन पीडित भनिएकि रोशनी शाहीले अदालत समक्ष निवेदन समेत दिएकि छन्।

आइतबार शाहीले जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुराम सुवेदीसमक्ष दिएको निवेदनमा महराबाट आफूलाई कुनै दुर्व्यवहार नभएको र आफूले आवेशमा आएर उक्त अभिव्यक्ति दिएको उल्लेख छ। निवेदनमा उनले असोज १२ गते महरा आफ्नो कोठामा नआएको उल्लेख छ।

यसैबीच, शाहीले आफूले तत्कालिन सभामुख कृष्ण बहादुर महरा विरुद्ध बलात्कार प्रयास गरेको भनि निवेदन नदिएको रोशनी शाहीले प्रष्ट पारेकी छिन्।

एक भिडियो मार्फत शाहीले बानेश्वर प्रहरी वृत्तमा असोज १५ गते दर्ता गरेको निवेदनमा उल्लेख भएको कुरामात्र सत्यतथ्य भएको दाबी गरेकी छन्।

हेर्नुहोस्  भिडियो

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   विराटनगरबाट पक्राउ परेका तीन भारतीय न्यायाधीश बर्खास्त
सम्बन्धित पाेष्टहरु