The news from New Generation with new vision.

कसरी वित्छ तपाईको यो हप्ता ? हेर्नुहोस् साप्ताहिक राशिफल

२ देखि ८ गतेसम्मको साप्ताहिक राशिफल

मेष

साताका प्रारम्भिक दिन मनोरञ्जनात्मक हुनेछन् । मध्यतिर घरायसी तथा अफिसयल दुवैतर्फको बोझिलो कार्यभार आइलाग्न सक्छ । पारिवारिक सदस्यहरूले मन दुखाइमा हेक्का राखी साथ दिए उचित हुनेछ । सञ्चित धन खर्च गरेर सवारी साधन खरिद गर्ने अवसर जुट्ने सम्भावना छ । साताको अन्त्यमा चिसोबाट टाडै रहँदा बेस हुनेछ ।

वृष

साथीहरूसँग भ्रमणमा रमाउँदा खर्चको भार थपिनेछ । अभिभावकको वचन परिर्वतनले मनमा चोट पुग्न सक्छ । नम्र भै जिम्मेवारी बोध गर्दा अवसरले उचाइमा पुर्‍याउनेछ । शारीरिक आलस्यताले महत्वपूर्ण काम छुट्न सक्छ, समयको ख्याल गर्नुपर्नेछ । खानपान तथा भोज–भतेरमा सामेल हँुदा स्वास्थ्यप्रति ध्यान दिनुपर्नेछ ।

मिथुन

अधुरा रहेका कतिपय चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएका कामहरूको गाँठो फुक्ने सम्भावना छ । कुनै काम सम्पन्न गर्दा ढिलाइ नगर्नुहोला । साताको अन्त्यमा प्रेमिकाले नयाँ प्रस्ताव राख्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयमता अपनाउनुहोला ।

कर्कट

प्रलोभन देखाउनेहरूसँग सचेत रहनुहोला । प्रतिफल हात पार्न ठूलै प्रयत्न गनुपर्नेछ । सोचेजस्तै नतिजाप्राप्त गर्न इँटा रंगको पहिरन रोज्नुहोला । वृद्धवृद्धा तथा अपांगहरूको सेवाले प्रतिष्ठा प्रदान गर्नेछ । मेहनत गरी रचनात्मक काम गर्दा अरूको मन जित्न सकिनेछ । जोडी नम्बरको सवारी साधन चलाउँदा सहज महसुस हुनेछ ।

सिंह

तपाईंको नामबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोमबारदेखि शुभचिन्तकहरूको साथ र विद्वान्हरूको सहयोग जुट्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउँदा लाभ हुनेछ । अभिव्यक्ति कलामा निखार आउनुका साथै सिर्जनशील रचनाले धेरैको मन लोभ्याउन सकिनेछ । विशेष उपहारका साथ साथीहरू भेट्न आउन सक्छन् ।

कन्या

काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । मेहनत गरे धन आर्जन हुने योग छ । कला तथा साहित्यमा मन रमाउनेछ, बोलीको प्रभावले अरूलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । हठ गर्ने बानीले परिवारमा मनमुटाव ल्याउन सक्छ । परिस्थतिलाई बेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्न सक्छ ।

यो पनि पढ्नुहोस् :   कालापानी, लिपुलेक फिर्ता माग्दै हिडेका विद्यार्थी पक्राउ

तुला

सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका पाइने योग छ । साथी–संगीमाझ चर्चित भइनेछ । स्वदेशमै नयाँ अवसर हात लाग्ने सम्भावना छ । बोलीमा थप प्रभाव पार्न सुनौलो रंग हितकर हुनेछ । मनोरञ्जनमा सहभागी हुँदा चिसोको ख्याल राख्नुहोला । घरायसी व्यवहारबाट टाढा रहनु नै उचित हुनेछ ।

वृश्चिक

रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । मनग्य आम्दानी हुने रोजगारी प्राप्त हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । पैतृक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ ।

धनु

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । अध्ययनका लागि विदेश जाने प्रक्रियाअधि बढ्न सक्छ । आर्थिक पक्ष सबल रहनुका साथै भैतिक सुखका साधन जुट्नेछन् । आफ्नाका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ । मित्रता र प्रेमको गाँठो कसिन सक्छ । सप्ताहन्तमा तपाईंका विशेष प्रस्तावलाई साथीहरूले अनुमोदन गर्नेछ ।

मकर

इच्छाएको जिम्मेवारी प्राप्त हँुदा थप मेहनतको खाँचो पर्नेछ । विपक्षीले तपाईंका त्रुटि औंल्याउन सक्छन्, सकरात्मक रूपमा कमजोरीलाई आत्मासात् गरे उचाइमा पुगिनेछ । विदेश भ्रमणमा सहभागी हँुदा अवसर र चुनौती दुवै आइलाग्न सक्छ । खराब नियत भएकाहरूबाट टाढै रहनुहोला । सेतो पहिरन लगाउँदा अवलम्बन गर्दा सानो मेहनतले पनि सही मार्ग पहिल्याउन सघाउनेछ ।

कुम्भ

होस नपुर्‍याई निर्णय गर्दा ससाना कुरामा आलोचित हुनुपर्नेछ । त्यसले तपाईंको मर्यादामा चोट पुग्न सक्छ । नयाँ अवसरमा प्रतिस्पर्धा गर्दा सफलता हात पर्न सक्छ । कर्मचारी वर्गले यो साता विशेष ध्यान पुर्‍याउनुपर्नेछ । नयाँ मित्रहरू तपाईंप्रति आकर्षित हुँदा संयमता तथा बोलीको मधुरताले नै उचाइमा पुर्‍याउनेछ ।

मीन

दैनिक कार्यहरू ओझेलमा पर्न सक्छन्, त्यसैले तदारुकता अपनाउनुहोला । तपाईंप्रति साथीहरूले आर्थिक सहयोग तथा सापटीको अपेक्षा राखेका छन् । परिस्थितिलाई अनुसरण गरी अघि बढ्नुहोला । साताको अन्त्यमा विशिष्ट व्यक्तिसँगको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ । पहेंलो पहिरनले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु