The news from New Generation with new vision.

जीवन शर्माको अवस्था देखेर मनोज गजुरेल बने भावुक

काठमाडौँ । जनगायक जीवन शर्मा यतिबेला निकै ठूलो दुखमा घेरिएका छन्। खाना खाने क्रममा मासुको हड्डीले अन्न नली छेडेपछि सिकिस्त बनेका गायक शर्माका जेठा छोरा अमृत अहिले अस्पतालको शैंयामा छन्।

जनताका गीत गाउँदै हिँडेका जीवन यतिबेला छोराको जीवन खोज्दै अस्पतालमा कुरीरहेका छन्। जीवनको बिरामी छोरो बचाउन सहयोग अभियान चलाइरहेका मनोज गजुरेलले शुक्रबार आफ्नो फेसबुक पेजमा एक पेजलामो भावुक स्टाट्स पोस्ट गरेका छन्।

उनले लेखका छन्, कम्युनिष्ट भनेका जोगीजस्तै हुन्। तिनको नीजि सम्पती र नीजि स्वार्थ हुँदैन। सम्पूर्ण जीवन देश र जनतामा समर्पित गर्छन् । जसरी जोगीको घरबार हुँदैन, त्यसैगरी कम्युनिष्टको पनि दरबार हुँदैन्।

उनले फेरि लेखेका छन्, देख्छु, यी सबै दन्त्यकथामात्र हुन्, जो पुस्तकमा मात्र पाइन्छन्। सधैँ जनताको गीत गाएर हिँड्ने जीवन शर्माको अहिलेको अवस्था देखेर उनको मन विरक्तिएको छ, भक्कानिएको छ।

हेर्नुहोस् मनोजको स्टाट्स जस्ताको तस्तै

यो पनि पढ्नुहोस् :   अब पोखरामा ‘सरर नेपाल’, बोलाउनुस् ट्याक्सी घरमै
सम्बन्धित पाेष्टहरु