The news from New Generation with new vision.

एनआरएनएको अध्यक्षमा निर्वाचित भएपछि कुमार पन्तले लेखे यस्तो स्टाट्स

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै पन्तले आफूलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

उनले फेसबुक स्टाट्समा लेखेका छन्, गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन तथा महाधिवेशनबाट मलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै सबै विजेतालाई बधाई।

यो पनि पढ्नुहोस् :   दशरथ रंगशालामा आज नेपाल र जापानबीचको मैत्रीपूर्ण खेल
सम्बन्धित पाेष्टहरु